उम्मेदवारले माैन अवधिमा प्रचार–प्रसार गरे कारवाही – निर्वाचन अायाेग

२७ बैशाख ०७४, काठमाडाैं । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले बैशाख २८ गतेसम्म मात्रै चुनावको प्रचार-प्रसार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले चुनावको ७२ घण्टा अघि चुनावकाे प्रचार-प्रचार रोक्नु पर्ने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बिहीबार राति १२ बजेसम्म उम्मेदवारहरुले चुनावी प्रचार-प्रसार गर्न पाउने, त्यसपछि मौन अवधि सुरु हुने साथै मौन अवधिमा प्रचार–प्रसार गरेको पाइएमा कारवाही हुने बताएका छन् ।

तपाइको मत