उपेन्द्रको ठोकुवा : स्थानीय तहको निर्वाचन कुनै हालतमा हुन नसक्ने

1 (10)

२९ माघ, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचन कुनै हालतमा हुन नसक्ने बताएका छन् ।

शनिबार यहाँ आयोजित संघीय समाजवादी फोरम नेपाल सप्तरीको प्रथम जिल्ला अघिवेशनलाई सम्बोधन गर्नेक्रममा यादवले सो कुरा बताएका हुन् ।

स्थानीय निर्वाचनमा केन्द्रीय सरकारको कुनै अधिकार नै नहुने भन्दै यादवले स्थानीय निर्वाचन प्रादेशिक मामलाको विषय भएकाले प्रदेशको टुङ्गो नलागेसम्म स्थानीयस्तरको निर्वाचन गर्न नमिल्ने धारणा व्यक्त गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने काम सरकारले गरेको आरोप लगाउँदै यादवले भने, ‘केन्द्रको संसदीय निर्वाचन गर्नुपर्छ अनि संघीय सांसदले प्रादेशिक निर्वाचन गराउँछ र प्रदेश सरकारले स्थानीय तहको चुनाव गराउँछ ।’

देश संघीयतामा गइसकेपछि संघीय प्रणालीअनुसार काम हुनुपर्ने बताउँदै यादवले सो नभएकै कारण मुलुकमा अहिले पनि राजनैतिक द्वन्द चलिरहेको बताए ।

तपाइको मत