गाविस सचिवहरुले काम ठप्प पार्ने संरक्षण केन्द्रको चेतावनी

१८ माघ काठमाडौं । गाविस सचिवहरुले सेवा सुविधा बृद्धि लगायतको माग राख्दै माग पुरा नभए गाविसको काम ठप्प पार्ने केन्द्रको चेतावनी दिएका छन् ।

गाविस सचिव हकहित संरक्षण केन्द्रले राष्ट्रिय पुन: निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै आफ्ना माग पुरा नभए गाविसको काम ठप्प पार्ने केन्द्रको चेतावनी दिएका हुन् ।

केन्द्रले ज्ञापन पत्र बुझ्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेले भूकम्प अति प्रभावित क्षेत्रमा दोस्रो किस्ता वापतको करिब १२ अर्ब रुपैयाँ बितरण गर्न पठाइसकेको भन्दै तत्काल आन्दोलन नगर्न आग्रह गरेका छन् ।

गाविस सचिवहरुले काम ठप्प पार्दा त्यसको प्रत्यक्षमार भूकम्प पीडितहरुलाई पर्ने भन्दै डा. पोखरेलले माग पुरा गर्न केही समय दिनुपर्ने बताए । प्राधिकरणले घर निर्माणका लागि दोस्रो किस्ताको अनुदान रकम बितरण गर्न गत शुक्रवार स्थानिय बिकास मन्त्रालयलाई अख्यिारी दिइसकेको छ ।

तपाइको मत