मधेसी मोर्चाले सडकमा टायर बालेर अवरोध सिर्जना गरे पनि कार्यक्रम सम्पन्न

२५ पुस, धरान । एमालेले मधेसमा आमसभा गर्न लागेको चाल पाएपछि सोमबार बिहानैदेखि मधेसी मोर्चाका कार्यकर्ताले कार्यक्रम असफल बनाउन हरिनगर सडक खण्डमा टायर बालेर अवरोध सिर्जना गरे पनि कार्यक्रम सम्पन्न गरेको छ । ।

मोर्चाका कार्यकर्ताले एमालेलाई हरिनगरामा प्रवेश गर्न नदिने भन्दै टायर बालेर प्रर्दशन गरेपछि सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका एसपी रमेश सुवेदी र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख नगेन्द्र दाहाल हरिनगर गएर सुरक्षा प्रबन्ध मिलाएपछि एमालेले आमसभा गरेको हो ।

संविधानजारी भएपछि संविधान संशोधनको विपक्षमा रहेको एमालेले पहिलो पटक मधेसी जनताको बाहुल्य रहेको सुनसरीको दक्षिणी गाविस हरिनगरामा पूर्व प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधव नेपालको उपस्थितिमा आमसभा गरेको हो ।

प्रहरीले एमालेको आमसभा अबरोधका लागि मोर्चाका कार्यकर्ता सुनसरीका दर्जन बढी गाविसबाट हरिनगरामा भेला भएका थिए । तर, बिरोध गर्ने मोर्चाका कार्यकर्ताभन्दा एमालेको आमसभामा भेला भएकाको संख्या धेरै भएपछि मोर्चाका कार्यकर्ता एमालेको कार्यक्रम स्थलमा प्रबेश गर्न सकेनन् ।

प्रहरीले एमाले र मोर्चाका कार्यकर्ताबीच झडप हुन नदिन हरिनगरभरी सशस्त्र र नेपाल प्रहरी व्यापक रुपमा परिचालन गरेको थियो ।

सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले एमालेको आमसभामा मधेसी मोर्चाले अबरोध गर्ने पूर्व सुचना पाएपछि प्रहरी परिचालनमा विशेष ध्यान दिएको बताए । उनले प्रहरीले हप्तादिन अगाडिदेखि नै सुरक्षा सर्तकता बढाएकाले कुनै अप्रिय घटना हुन नदिएको बताए ।

तपाइको मत