ब्राजिलियन फुटबलरसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना

alan-ruschel

विमान दुर्घटनाका गम्भीर घाइते फुटबलर एलन रूसेल

काठमाडौं । ब्राजिलियन फुटबलर, चालक दलका ९ सदस्यसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ ।

brazil

मडेलिन अन्तरराष्ट्रिय विमानस्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम चाफाकोएन्सका खेलाडीहरुसहित ८१ जना सवार विमान दुर्घटनामा परेको थियो ।

विमानमा सवार ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जनाको जीवितै उद्धार गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले पनि यसको पुष्टि गरेको छ ।

उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरिकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए । मेडलिन नजिकै दुर्घटनामा परेको विमान चार्टर गरिएको थियो । दुर्घटनापछि फाइनल खेल स्थगित भएको छ ।

विमान दुर्घटनामा जीवितै उद्धार गरिएका मध्ये तीन फुटबलर भएको खुलेको छ । जीवितै उद्धार गरिएकाहरुमा फुटबल टोलीका गोलरक्षकहरु डानिलो र ज्याक्सन फोलमान र डिफेण्डर एलन रुसेल छन् । तीनै फुटबलर ब्राजिलका हुन् । पत्रकार रफायल हेन्जल र विमान चालक दलका सदस्य जिमिना स्वरेजको पनि जीवितै उद्धार गरिएको छ ।

भारी बर्षा र अध्यारोका कारण उद्दारमा निक्कै कठिनाइ भएकाले उज्यालो नहुन्जेलसम्मका लागि उद्दारकार्य स्थगित गरिएको छ । मेडेलिन एयरपोर्टले यसको पुष्टि गरेको छ ।

तपाइको मत