१८ असोज, काठमाडौं । वडादशैको अवसरमा घर विदामा जाने सैनिक र तीनका परिवारलाई लक्षित गर्दै लामो दुरीमा समेत निशुल्क बस सेवा सञ्चालन गरेको नेपाली सेनाले सर्वसाधारणको यात्रा सहज बनाउन दसैंमा राजधानीमा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले उपत्यकाको विभिन्न ८ वटा रुटमा असोज २४ देखी २६ गते सम्म बिहान ६ वजे देखि नै नि:शुल्क बस सेवा सञ्चालन गर्ने बताए ।
प्रवक्ता कार्कीकाअनुसार चाडपर्वका बेला सार्वजनिक यातायातहरु न्युन मात्रामा चल्ने भएकाले यात्रुको अवागनलाई सहज बनाउन नेपाली सेनाले नि:शुल्क बस सेवा सञ्चालन गरिएको हो ।
मंगलबारबाट नेपाली सेनाले सैनिक र तिनका आफन्तलाई लक्षित गर्दै काठमाडौ हुँदै इटहरी, हेटौडा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, त्रिशुली, धादिङ, बुटवाल, पोखरा, धनगढी र नारायणगढसम्म जाने र फर्कने नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।