सरकारलाई दिएको सर्मथन फिर्ता लिने महतोको चेतावनी

१५ असोज, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तिहार अघि नै संविधान संशोधन प्रस्ताव दर्ता नगरे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई फिर्ता लिने चेतावनी दिएका छन् ।

महतोले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी-कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गर्न आलटाल गरेको भन्दै सरकारप्रतिको विश्वास गुम्दै गएको बताए ।

उनले मधेसी मोर्चासँग भएको तीनबुँदे कार्यान्वयन नभएको भन्दै यस्तै रवैया जारी रहे अधिकार प्राप्तिका लागि सडक आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

‘संविधान संशोधनमा जुन पार्टीले अवरोध गर्छ, त्यसविरुद्ध लड्छौं’ भन्दै महतोले संविधान संशोधान नगरी चुनाव हुन नदिने बताए ।

तपाइको मत