कांग्रेसका भीमदत्त नगर सभापति कलौनी मृत अवस्थामा भेटिए

१९ माघ ०८१,  कञ्चनपुर । नेपाली कांग्रेसका भीमदत्त नगरपालिकाका सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।

नगर सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार कलौनी बिहान ८ बजेको समयमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको प्रहरीले जानकारी दिएको छ ।