प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको शालिकमा पुष्पहार अर्पण

१६ माघ ०८१, काठमाडौं । आज माघ १६, प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको शालिकमा पुष्पहार अर्पण गरेका छन् ।

उनले लैनचौरस्थित सहिद स्मारक र शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख लगायतले पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

देशभर विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन बलिदान दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।