२६ पुस ०८१, ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन् ।
बिहीबार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा कुमारी काफ्ले चयन भएका छन् । सचिवमा सागर देवकोटा, सहचिवमा विसु गुरुङ, रोसन लामा तामाङ र कोषाध्यक्षमा मन बहादुर विक चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायत चयन भएका छन् ।
अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनेश महर्जन दिपेश, प्रेस सेन्टरको संस्थापक मनऋषि धिताल, प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपायध्यक्ष कमल गिरी, उपाध्यक्ष गंगा पौडेल बराल, प्रेस सेन्टर उपत्यका प्रदेशका इन्चार्ज निर्मल ज्ञवाली, केन्द्रीय उपमहासचिव रामकृष्ण अधिकारी, केन्द्रीय सचिव सुनिल खड्का, हरि लामिछाने, नेपाल पत्रकार महासंघका निवर्तमान लेखासमितिका संयोजक लेखनाथ न्यौपाने, निवर्तमान केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, प्रेस सेन्टर नेपाल उपत्यका कार्यसमितिका अध्यक्ष नवराज दाहाल, मिलन नेपालीकी जीवनसंगिनी सबिता बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
पोखरेल र दाहाल सम्मानित
अधिवेशनकै बीच नेपालखबरकर्मी जनार्दन पोखरेल र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश अध्यक्ष नवराज दाहाल सम्मानित भएका छन् ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशका अध्यक्ष दाहाललाई नगद पुरस्कारसहित ‘कृष्ण सेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको थियो ।
यस्तै नेपालखबरकर्मी पोखरेललाई ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रममा पत्रकारहरु सुरेन्द्र चालिसे, बासुदेव श्रेष्ठ, डिलबहादुर थोकर, रामप्रसाद ढकाल, प्रल्हाद शर्मा हुमागाईँ राममणि घिमिरे र गोकर्ण बराललाई ललितपुर पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।
सम्मानित हुने पत्रकारहरुलाई प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)ले सम्मान–पत्रसहित रकम प्रदान गरेका थिए ।