‘नो नट अगेन’ आन्दोलनमा बरालको फरक धार

काठमाडौं । बरिष्ठ पत्रकार भवानी बरालले ‘नो नट अगेन’ आन्दोलनलाई फरक धारमा लैजान सामाजिक सञ्जाललाई उपयोग गरेका छन् ।

‘नो नट अगेन’ आन्दोलनले अराजनैतिक कुरालाई अतरिञ्जीत गरेको छ । र, वर्तमानको परिवर्तनलाई आत्मसाथ गर्न सकेको छैन् । त्यसमाथि पनि व्यंग्य बाँण गर्न थालेपछि नाराकै रुपमा वर्तमानको उपलब्धिको इतिहासलाई सम्झाउने प्रयत्न बरालले गरेका छन् ।

बरालले वर्तमानको भ्रष्टाचार र बेथितिलाई सम्झाउने कोशीस गरेका छन् भने कतै कसैको नामै नलिई बुझिने भाकामा उनले कसलाई भोट दिने कसलाई नदिने कुराको खुटखबर पस्कने प्रयास समेत गरेका छन् ।

उनले वर्तमानको उपलब्धि संघीयता, गणतन्त्र, धर्म निरपेक्षताको मर्म र भावनालाई नारामा उद्देलित गरेका छन । परिवर्तनको लागि इतिहासमा भएका कोतपर्वहरु राजनैतिक स्वतन्त्रताका निम्ति निरंकुश राजतन्त्रले गरेका काण्डहरु आजको पुस्तालाई सम्झना गराएका छन् । बरालको फरकधारको नो नट अगेन आन्दोलनका नाराहरु :

खुल्लम खुल्ला जवाफ : नो नट अगेन
(१)
नो नट अगेन – राजतन्त्र
नो नट अगेन – एकात्मक
नो नट अगेन – धर्म सापेक्ष
नो नट अगेन – निरंकुशता
नो नट अगेन – एक नश्लियता
नो नट अगेन – लुटतन्त्र

खुल्लम खुल्ला जवाफ : नो नट अगेन
(२)
नो नट अगेन – निर्दल
नो नट अगेन – पश्चगमन
नो नट अगेन – प्रतिगमन
नो नट अगेन – संसद विघटन
नो नट अगेन – उत्पीडन
नो नट अगेन – उखान

खुल्लम खुल्ला जवाफ : नो नट अगेन
(३)
नो नट अगेन – पानी टंकी
नो नट अगेन – एती होल्डिङ्स
नो नट अगेन – ओम्नी
नो नट अगेन – सत्तरी करोड
नो नट अगेन – बालुवाटार बस्ती
नो नट अगेन – चियाबगान बेचबिखन
नो नट अगेन – वाइड बडी
नो नट अगेन – बतास
नो नट अगेन – बैगुनी

खुल्लम खुल्ला जवाफ : नो नट अगेन
(४)
नो नट अगेन – टिम्बुर बोटे
नो नट अगेन – हर्रेबर्रे
नो नट अगेन – सुखानी
नो नट अगेन – छिन्ताङ्
नो नट अगेन – पिस्कर
नो नट अगेन – दोरोम्बा

खुल्लम खुल्ला जवाफ : नो नट अगेन
(५)
नो नट अगेन – कोत पर्व
नो नट अगेन – पुषे पर्व (०१७ पुष १)
नो नट अगेन – दाश ढुङ्गा (०५० जेठ ३)
नो नट अगेन – नारायणहिटी पर्व (०५८ जेठ १९)
नो नट अगेन – असोजतन्त्र (०५९ असोज)
नो नट अगेन – मकरतन्त्र (०५९ माघ)
नो नट अगेन – ज्ञानेन्द्र पथ ।