१३ कार्तिक ०७९, जनकपुर । मधेश प्रदेशमा छठ पर्वको अवसरमा सोमबार पनि हुने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतद्वारा आइतबार जारी गरिएको शुभकामना सन्देशमार्फत् लोक आस्थाको महापर्व छठ पर्वको शुभकामना सन्देश सँगसँगै सोमबार सार्वजनिक विदा दिइएको हो ।
“यस महापर्वले भौगोलिक, सामाजिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनि कामना गर्दछौं,” मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी सन्देशमा भनिएको छ, “यस महापर्वको अवसरमा मधेश प्रदेश सरकारले कार्तिक १४ गते प्रदेशमा सार्वजनिक विदा समेत दिएको जानकारी गराउँदछौं ।”
संघीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक विदा दिएको थियो ।