१३ पुस ०७८, कास्की । गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ संशोधन स्वीकृत गर्दै गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या १२ पु-याएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले मुख्यमन्त्रीबाहेक १० वटा मन्त्रालय रहेकोमा मन्त्रालय संख्या १२ पुगेको जानकारी दिएका हुन् ।
प्रवक्ता खड्काले मन्त्रालय संख्या बढे पनि मन्त्री संख्या भने यथावत रहने बताए । उनले भने, “अब ११ वटा मन्त्रालय र एउटा मुख्यमन्त्री कार्यालय भएको छ ।”
६० सदस्यीय गण्डकी प्रदेश सभामा संविधानले नै २० प्रतिशत संख्या नबढाई मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ ।