मसाल र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा

९ पुस ०७८, काठमाडौं । नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रबीच एकता भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रसँग भएको हो ।

विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।