७ मंसिर ०७८, काठमाडौ । नेकपा (माओवादी केन्द्र)काे प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधिहरु सहभागी हुने जनाएको छ ।
बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रले प्रतिनिधिहरुकाे सहभागिता र प्रथम राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको हाे ।
पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार आयोजकबाट १७९ जना, सल्लाहकारबाट १४९ जना, जेष्ठ कम्युनिष्टबाट १२५, आयोगबाट ७५, प्रदेशबाट ८ सय ३ जना, केन्द्रीय विभागहरूबाट १० प्रतिशतका दरले १०२ जना, केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुने छन् ।
यस्तै उनले जम्मा संख्याको ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्ने पनि बताएका छन् ।
माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय सम्मेलन गर्ने गर्दैछ।