६ पुस ०७८, जनकपुरधाम । प्रदेश २ को नाम मधेश नै राख्नुपर्ने भन्दै प्रदेश सरकारमा सहभागी जसपा र विपक्षी दल लोसपाले प्रदेश सभामा रहेका दलसँग वार्ता गर्नका निम्ति टोली गठन गरेका छन् ।
प्रदेश सरकारको तर्फबाट गठन भएको टोली संयोजकमा अर्थमन्त्री शैलेन्द्र साह र सदस्यहरुमा प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’, मनिष सुमन, सुरेश मण्डल र शैलेन्द्र यादव छन् ।
यो टोलीले मंगलबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेतासँग भेटेर छलफल गरेको छ ।
प्रदेश २ मा सरकार गठन भएको चार बर्ष बित्न लाग्दा पनि प्रदेशको नामाकरण हुन सकेको छैन् ।