तालिबानद्वारा विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध !

१७ कार्तिक ०७८, काठमाडौं । अफगानिस्तानमा पुनः सत्तामा आएको तालिबानले विदेशी मुद्रा प्रयोगमाथि पूर्णप्रतिबन्ध लगाएको छ ।

तालिबानले बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको अलजजिराले जनाएको हो ।

‘इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ’, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा अनलाइनमा पोष्ट गरिएको विज्ञप्तिमा भनिएको छ ।

तालिबानको आदेश उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।