कास्की । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ फिष्टेल नर्सिङ कमिटीको भेलाले कृष्ण गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अखिल नेपाल स्वास्थ्य श्रमिक संघका केन्द्रीय महासचिव टंकराज पौडेलको प्रमुख आतिथ्यमा भएको शुक्रबार सम्पन्न भेलाले गरुङको अध्यक्षतामा ९ सदस्य नयाँ कमिटी चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रिजन गुरूङ, सचिव श्रद्धा शाही, सहसचिव सचिन्द्र पौडेल, कोषाध्यक्ष आश्मा केसी र सदस्यहरुमा सन्ध्या थापा, समीक्षा गुरूङ, धनमाया गुरूङ र शारदा गुरूङ रहेकी छन् ।
महिमा शाहीको अध्यक्षता रहेको उक्त भेलामा अखिल नेपाल स्वास्थ्य श्रमिक संघका पोखरा महानगर कमिटी सदस्य सुकदेव गायकको आतिथ्य रहेको थियो ।