२७ साउन ०७८, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेको छ ।
बुधबार साँझ सूचना जारी गरेर लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरिञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा बिहीबार ३ बजेभित्र सरकार गठनका लागि प्रदेशसभाका दलहरूलाई आह्वान गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “माननीय प्रदेश प्रमुख अमिक शेरचनज्यू समक्ष लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलज्यूले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड ९क० बमोजिम मिति २०७८/४/२७ मा पदबाट राजिनामा दिनु भएकोले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपरान्ह ३:०० बजेभित्र दावी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आव्हान गर्नु भएको छ ।”