२७ जेठ ०७८, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै पदमुक्त भएका छन् ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा २९ बैशाखमा मुख्यमन्त्री नियुक्त बनेका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर, उनले बहुमत पाउन सकेन् ।
मतदानमा गुरूङले २७ मत र विपक्षी गठबन्धनले ३० मत पाएका थिए ।
सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए ।
मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहेका थिए ।
गण्डकीमा अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।