सभामुखको आह्वानमा दलका शीर्ष नेताहरूको बैठक बस्दै

२८ जेठ ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कामचलाउ सरकारको सिफारिसमा ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सभामुख सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।