६ जेठ ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री दावी पेश गर्न आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(४) काे प्रक्रिया पूरा नहुँदै प्रधानमन्त्री दावी पेश गर्न आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले शुक्रबार ५ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न भनेकी छन् ।
राष्ट्रपतिकाे याे आह्वानलाई नेपाली काँग्रेसका नेता रामचन्द्र पाैडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भनेका छन् ।
पाैडेलले सामाजिक सञ्जालमा भनेका छन्, “सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन सक्दैन ।”