१० बैशाख ०७८, काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने भएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य निर्वाचित गृहमन्त्री समेत रहेका रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि पदमुक्त गरिएको थियोे ।