पत्रकार महासंघको प्रतिष्ठान प्रदेशमा अधिकारीको प्यानल विजयी

२६ चैत ०७७, काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी भएको छ ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल, सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित अधिकारीले ९४० मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी उद्धव कार्कीले ३२८ मा प्राप्त गरेका थिए ।

प्रतिष्ठान प्रदेशमा कूल १३५८ मतदाता रहेकोमा १२६८ मत खसेको थियो ।

यस्तै महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ ।

निर्वाचन समितिका कमल गिरीले मत परिणामको औपचारिक घोषणाकाे तयारी भइरहेको जानकारी दिए ।