कैलालीमा एमालेको ओली र माधव समूहबीच झडप

२६ फागुन ०७७, काठमाडौं । कैलालीमा एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच झडप भएको छ ।

बुधबार प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा ओली र माधव समूहका कार्यकर्ता बीच झडप भएको हो ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि माधव समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए ।

उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए ।

यस क्रममा ओली र माधव समूहका कार्यकर्ता बीच विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।