१७ फागुन ०६६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकाे आज बसेको सचिवालय बैठकले तत्काल स्थायी र केन्द्रीय समितिकाे बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न बसेको सचिवालय बैठकले यस्तो स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।
ओली समूहको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देवप्रसाद गुरुङलाई नेकपा संसदीय दलको प्रमुख सचेतकबाट हटाएकाे भन्ने प्रचार गरेको तर त्यसको अर्थ र औचित्य नरहेको सचिवालय बैठककाे निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए ।