१६ माघ ०७७, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादतर्फ अघि बढिरहेको बताएका छन् ।
नेपाल महिला संघद्वारा शुक्रबार सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले ओली सरकार संसद विघटन गरेर देशलाई संकटतर्फ धकेल्दै सर्वसत्तावादतर्फ अघि बढिरहेको बताएका हुन् ।
सरकारले नागरिकहरूलाई डर देखाउने र धम्क्याउने गरिरहेको बताउँदै उनले भने, ‘संसद विघटन गरेर यो सरकार सर्वसत्तावादतर्फ अघि बढिरहेको छ ।’
ओलीले संसद विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक बदनियतपूर्ण भएको समेत उनले बताए ।