२४ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठक सकिएको छ ।
अध्यक्षद्वयले कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर यही भदौ २६ गते बस्ने स्थायी समिति बैठकका लागि प्रस्ताव तयार गरेको स्रोतले बताएको छ ।
स्रोतकाअनुसार बालुवाटार बसेको अध्यक्षद्वयको छलफल भदौ १८ गतेको पार्टी सचिवालय बैठकमा नेताहरुले उठाएको कार्यदलको प्रतिवेदनमाथि केन्द्रीत रहेको र उक्त प्रतिवेदन २६ गते बस्ने बैठकमा प्रस्तुत भएपछि थप सुझावसहित पारित गर्ने अध्यक्षद्वयको तयारी रहेको छ ।
गतअसार १० गते सुरु भई पटकपटक स्थगित भएको नेकपाको स्थायी समिति बैठक पर्सी शुक्रबार बस्ने तय भएको छ । सो बैठकको गृहकार्यस्वरुप अध्यक्षद्वयको बैठक आज बसेको हो ।