ट्रेड युनियन आन्दोलन यथास्थितिको व्यवस्थापनमा रूमल्लिएको अन्टुफ उपमहासचिव श्रेष्ठको भनाई

प्रकाश श्रेष्ठ – उपमहासचिव, अखिल नेपाल ट्रेड युनियन महासंघ

२४ भदौ ०७७, काठमाडौं । सत्तारूढ दल निकट अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव प्रकाश श्रेष्ठले पूँजीवादको घेराबन्दीबाट मुक्त नगरेसम्म ट्रेड युनियन आन्दोलनमा भ्रम भइरहने, प्रश्नहरु उठिरहने बताएका छन् ।

नेपालको ट्रेड युनियन आन्दोलन यथास्थितिकै व्यवस्थापनमा रुमलिरहेको र ट्रेड युनियनवाद–अर्थवाद–वर्ग समन्वयवादको घेरामा घुमिरहेको भन्दै उपमहासचिव श्रेष्ठले यस्तो बताएका हुन् ।

“आज नेपालको ट्रेड युनियन आन्दोलन नजानिँदो पाराले यथास्थितिको व्यवस्थापनमा रूमल्लिरहेको छ, ट्रेड युनियनवाद–अर्थवाद–वर्ग समन्वयवादको घेरामा घुमिरहेको छ,” उनले भनेका छन्, तीव्ररुपमा एनजीओकरणको प्रतिस्पर्धा बढिरहेको छ । चरम उपभोक्तावादी संस्कारको विकास भइरहेको छ । यो अवस्था पूँजीवादको योजना र चाहानाको अनुकुलता हो ।”

पूँजीवाद र उसका मतियारहरू ट्रेड युनियन आन्दोलनलाई घेराबन्दी गर्न लागिरहेको भन्दै उपमहासचिव श्रेष्ठले आजको आवश्यकता यस अनुकुलताको घेराबन्दीबाट नेपालको ट्रेड युनियन आन्दोलनलाई मुक्त गर्नु र बाहिर निकाल्नु रहेको बताएका छन् ।