देवराम यादव/ १९ भदौ ०७७, राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष जयश्वर किशोर दासले विद्युतीकरण, टुबेल, बोरिङ र जनचेतनामुलक कार्यक्रमसम्बन्धी कामै नगरी रकम हजम गरेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयवासीले महादेवा गाउँपालिकाको आ.व. २०७६/०७७ मा वडा नं. १ मा विद्युतीकरणको लागि विनियोजन गरेको योजनाअनुसार तार र पोल खरिद बापत ५ लाख र टुबेल बोरिङ वापत ७ लाख र जनचेतना, सिपमुलक तालीम वापत १० लाख रकम कोरोना भाइरस (कोभिड–१९)लाई कारण बनाएर कामै नगरी रकम हजम गरेको बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता समेत रहेका स्थानीय जय नारायण यादवले आ.व. २०७५/०७६ मा समेत जनचेतना र सिपमुलक तालिमको लागि गाउँपालिकाबाट विनियोजन गरिएको बजेट १० लाख ५० हजार रुपैयाँ कागजमै मिलाएर रकम हजम गरेकोे बताए ।
वडाध्यक्ष दासले कतिपय योजनाहरु सुरु समेत नगरी सम्पन्न भएको भन्दै रकम हजम यादवले आरोप लगाए ।