केही खुकुलो पार्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेसम्म लागू हुने

१७ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा यसअघि जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै भदौ २४ गते राति १२ बजेसम्म लागू हुने भएको छ ।

उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुले बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेर भदौ २४ गते राति १२ बजेसम्म लागू हुने जनाएको हो ।अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको निषेधाज्ञामा औषधी र पानीको पसल दिनभर नै खुल्ने छ भने खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पसल भने बिहान ११ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश