थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमितको निधन

१६ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको र योसँगै कूल संक्रमित संख्या ४० हजार ५२९ पुगको बताए ।

उनले हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको भन्दै क्वारेन्टाइनमा ७ हजार ३९० जना रहेको बताए ।

थप ११ जना कोरोना संक्रमितको निधन
प्रवक्ता गौतमले गएको चौबीस घण्टामा एक बालिकासहित थप ११ जना कोरोना संक्रमितको निधन भएको बताउँदै कूल मृत्यु हुनेहरुको संख्या २३९ पुगेको बताए ।

उनले  कोरोना संक्रमणबाट निधन हुनेहरुमा महोत्तरीको ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष गरी दुई जना, सिरहाको ६५ वर्षीय पुरुष, पर्साको ५३, ६० र ८० वर्षीय पुरुष गरी तीन जना, बाराको ६० वर्षीय पुरुष, चितवनको ५२ वर्षीय पुरुष, काठमाडौंको ७० र ३५ वर्षीय पुरुष साथै मकवानपुरको ५८ वर्षीय पुरुष रहेको बताए ।