थप ७०७ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको कूल संख्या १२६ पुग्यो

४ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७०७ जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषमा कोभिड–१९ पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमित संख्या २९ हजार ६४५ पुगेको छ ।

हाल कोरोनाका सक्रिय संक्रमितहरूको संख्या ११ हजार ५५५ रहेको पनि उनले बताए ।

यस्तै हालसम्म १७ हजार ७६८ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसैगरी प्रवक्ता गौतमले थप ६ जना कोभिड संक्रमितको निधन भएको बताए । उनले दुई महिला र चार पुरुषको मृत्यु भएको जानकारी दिँदै काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक÷एक पुरुष साथै पर्सामा एक महिला र दुई जना पुरुषको मृत्यु निधन भएको बताए ।

योसँगै नेपालमा मृत्यु हुने कोभिड संक्रमितको कूल संख्या १२६ पुगेको छ ।