थप ६८१ कोभिड-१९ पुष्टि, संक्रमित ६ जनाको निधन

३ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का थप ६८१ जना संक्रमित पुष्टि भएको जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ५५२ पीसीआर परीक्षण गरिएकोमा थप ६८१ जना संक्रमण पुष्टि भएको र योसँगै कूल संक्रमित संख्या २८ हजार ९३८ पुगेको बताएका हुन् ।

उनले हाल सक्रिय संक्रमितहरू ११ हजार ११८ रहेको साथै क्वारेन्टाइनमा १३ हजार ५७१ रहेको बताए ।

यस्तै निको भएर घर फर्किएका कोरोना संक्रमितको संख्या १७ हजार ७०० पुगेको बताए ।

यसैगरी प्रवक्ता गौतमले कोरोना संक्रमित ६ जनाको भएको र योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या १२० पुगेको जानकारी पनि दिए ।

उनले काठमाडौं र बर्दियामा एक/एक पुरुष साथै भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक/एकजना महिला गरी ६ जना कोरोना संक्रमितको निधन भएको पुष्टि गरेका छन् ।