कोरोना संक्रमितको कूल संख्या १८ हजार ९४ पुग्यो, थप दुई जनाको निधन

७ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले नयाँ संक्रमित एक सय जनामा पुष्टि भएको र योसँगै कूल संक्रमित संख्या १८ हजार ९४ पुगेको बताएका हुन् ।

उनले कोरोना संक्रमित धनुषाका ६० वर्षीय एक पुरुषको विपी स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा साउन ६ गते निधन भएको बताए ।

यस्तै कोरोना संक्रमित एक चिनियाँ नागरिकको पनि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा साउन ७ गते निधन भएको उनले बताए ।

नेपालमा योसँगै निधन हुने कोरोना संक्रमितको कूल संख्या ४२ पुगेको छ ।