निता पुन/२७ असार ०७७, काठमाडौं । नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा केही भारतीय सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार तथा रिर्पोट प्रसारण गरेको भन्दै मदन भण्डारी फाउण्डेशनले निन्दा गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै फाउण्डेशनले शनिबार विज्ञप्ति जारी गरेर सरकारसँग यस्ता कुप्रचार दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरेको हो ।
भारतीय मिडियाले नेपालको प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम लिएर कूटनीतिक र पत्रकारिताको मूल्य मान्यताभन्दा बाहिर गएर कपोलकल्पित समाचार प्रसारण गरेको फाउण्डेशनले बताएको छ ।
नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र राष्ट्रियतामा आघात पुगेको भन्दै फाउण्डेशनले त्यस्ता भ्रमपूर्ण, कपोलकल्पित समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न समेत सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारी फाउण्डेशनका संरक्षक समेत हुन् ।