२० असार ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरि कोरोना भाइरसका २ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभरि कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको बताएका हुन् ।
उनले हालसम्म कोरोना संक्रमित ५ हजार ४ सय १५ जना निको भएर घर फर्किसकेको साथै ९ हजार ४२ जना हाल आइसलोसनमा रहेको पनि जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले हाल देशभर ३३ हजार १ सय २५ जना क्वारेन्टाइनमा रहेको बताएको छ ।