१८ असार ०७७, काठमाडौं । हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट बुधबार एक हजार ३ सय ४२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।
बुधबार मात्रै कतारबाट २ सय ९७ जना, मलेसियाबाट १३ जना, कुवेतबाट ३ सय १९ जना, दुबईबाट ३ सय ४ जना साथै रियादबाट २ सय ५७ जना र अबुधावीबाट १ सय ५२ जना गरी कूल एक हजार ३ सय ४२ जना नेपाली स्वदेश फर्किएका हुन् ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले कतारबाट १ जना र रियादबाट ११ गरी नेपाली नागरिकको शव आएको बताएको छ ।
नेपाल फर्किएका उनीहरुलाई उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण संकलन भइरहेको जनाइएको छ ।