नेकपाको स्थायी कमिटी बैठक असार १० गते बस्ने

५ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार १० गते बस्ने भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलपछि स्थायी कमिटी बैठक बस्ने निर्णय भएको हो ।

पार्टीका महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लगायत विषयमा छलफल हुनेछ ।

नेकपाको विधानअनुसार प्रत्येक तीन÷तीन महिनामा स्थायी कमिटी बैठक बस्नुपर्ने प्रावधान रहेको छ । तर, पार्टी विधानअनुसार बैठक बस्न सकेको छैैन् ।