बन्दाबन्दीलाई जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

१७ जेठ ०७७, काठमाडौं । सरकारले चैत्र ११ देखि पटकपटक थप गर्दै आएको बन्दाबन्दीलाई यही जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दीलाई जेठ ३२ सम्म लम्ब्याउने निर्णय गर्दै बन्दाबन्दीको मोडालिटी हेरफेर हुनसक्ने जनाएको छ ।

यस्तै बैठकले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गरिने साथै कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद् बैठक अघि सुरक्षा परिषद् बैठक बसेको र त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले सेना परिचालन गर्ने निर्णय गरेको हो ।