स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्ति छुटे

८ जेठ ०७७, काठमाडौं । नागढुंगा नाकामा बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका डाइरेक्टर डा.नारायण कार्कीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका उत्तम कार्की छुटेका छन् ।

कोरोनाका कारण गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने भएकाले उनलाई छाडिएको प्रहरीले बताएको छ ।

‘कारोना महामारीका कारण अहिले गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने छ, त्यसैले उहाँलाई छाडिएको हो’ महानगरी प्रहरी परिसर, काठमाडौं टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

जनस्वास्थ्य प्रयोगशालाका डाइरेक्टर कार्कीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरीका कार्कीलाई ४ जेठमा पक्राउ गरिएको थियो ।

कार्की समूहले प्रहरीकै अगाडि कार्कीको चेकजाँच तथा खानतलासी गरेका थिए ।