कोरोना संक्रमित १७ जना थपिए, कूल संख्या ४४४ पुग्यो

८ जेठ ०७७, काठमाडौं । स्वास्थ्य मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड–१९ पुष्टि भएकाहरूको जम्मा संख्या ४४४ पुगेको छ ।

मन्त्रालयले बिहीबार बिहान १७ जना नयाँ संक्रमित थपिएको जनाएसँगै कोभिड–१९ पुष्टि भएकाहरूको कूल संख्या ४४४ पुगेको हो ।

मन्त्रालयकाअनुसार नयाँ संक्रमित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परिक्षणबाट नयाँ पुष्टि भएको संख्या सत्र (१७) रहेको छ ।

जसमा झापा, कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुषहरू, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय महिला रहेकी छिन् ।