५ जेठ ०७७, काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेतको नक्सा पारित गरेको छ ।
सरकारका प्रवक्ता डा.युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
भारतले हालै नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने भारत–चीन व्यापारनाका उद्घाटन गरेपछि सडकदेखि सदनसम्म चर्को विरोध साथै कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नक्सा सार्वजनिक गर्न माग भइरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो ।