भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणप्रति अन्टुफद्वारा खेद व्यक्त

३० बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण कार्य गरेकोप्रति खेद व्यक्त गर्दै मिचाहा प्रवृत्तिको भत्सर्ना गरेको छ ।

महासंघका अध्यक्ष जगत सिम्खडाद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा कोभिड–१९ विरुद्ध सिङ्गो मानव जाति लडिरहेका बेला भारतले नेपाली भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी व्यापारिक नाका निर्माण कार्य गरेकोप्रति खेद व्यक्त गर्दै घोर भत्सर्ना गरिएको हो ।

“ऐतिहासिक दस्तावेज, तथ्य र प्रमाणहरुका आधारमा दुई देशीय सीमा विवादहरु कुटनीतिकरुपमा हल गर्नुपर्नेमा उल्टो नेपाली भूमि नै अतिक्रमण गरेर भारतले सडक निर्माण कार्य गर्नु असल छिमेकी नीतिविरुद्ध रहेको छ” प्रेस वक्तव्यमा भनिएको छ, “हाम्रो संगठन भारतले उद्घाटन गरेको उक्त सडक निर्माण कार्य तत्काल स्थगन गर्न र विवादलाई थप जटिलतर्फ नलैजान चेतावनीसहित दुई देशीय उच्चस्तरीय संयन्त्रमार्फत् विवाद समाधान गर्न जोडदार माग गर्दछ ।”

भारत र चीनले १५ मे २०१५ मा व्यापारिक नाका खोल्ने गरी गरेको सहमति खारेजीका लागि तत्कालै पहल गर्न र त्रिदेशीय (नेपाल, चीन र भारत) भूमिकामा चीनको छिमेकी नीति स्पष्ट पार्न समेत नेपाल सरकारले आवश्यक कदम तत्कालै चाल्न वक्तव्यमा ध्यानाकर्षण गरिएको छ ।

प्रेस वक्तव्यको पूर्णपाठ :