२४ बैशाख ०७७, काठमाडौं । समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले गृह जिल्ला र निर्वाचन क्षेत्रका जनतासमक्ष क्षमायाचना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै नेता भट्टराईले आफू प्रत्येक महिना कम्तीमा एकपटक गृह जिल्ला र निर्वाचन क्षेत्र पुग्ने गरेकोमा यसपटक आउन नसकेको भन्दै गोर्खाली जनतासमक्ष क्षमायाचना गरेका हुन् ।
“२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा मैले वाचा गरे अनुसार म अविच्छिन्न रूपमा प्रत्येक महिना कम्तिमा एक पटक गृह जिल्लार निर्वाचन क्षेत्र पुग्ने गरेको यहाँहरूलाई अवगत नै छ,” उनले आफ्नो पोष्टमा लेखेका छन्, “परन्तु पहिलो पटक घातक कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको यो अवधिमा म तपाईंहरूका घरदैलोमा आएर सुखदुःखका कुरा गर्न नपाएकोमा अत्यन्त दुखित र क्षमाप्रार्थी छु ।”
यद्यपि, बैशाख २६ गतेबाट संसदको बजेट अधिवेशन भनिने बर्खे अधिवेशन शुरू हुँदै गरेकाले अधिवेशनमा उठाउनु पर्ने बिषयवस्तु र बजेट निर्माणका निम्ति सुझाव दिन आफ्नो इमेल, भाइवर, ह्वाट्स एप ठेगाना उपलब्ध गराउँदै उनले पोष्टमा लेेेेखेका छन् :
गोरखाली दिदीबहिनी दाज्यूभाइहरूसँग विनम्र अनुरोध:
१. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा मैले वाचा गरे अनुसार म अविच्छिन्न रूपमा प्रत्येक महिना कम्तिमा एक पटक गृह जिल्ला/ निर्वाचन क्षेत्र पुग्ने गरेको यहाँहरूलाई अवगत नै छ !
परन्तु पहिलो पटक घातक कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको यो अवधिमा म तपाईंहरूका घरदैलोमा आएर सुखदु:खका कुरा गर्न नपाएकोमा अत्यन्त दु:खित र क्षमाप्रार्थी छु।
यो मैले नचाहेर हैन परन्तु कोरोनाबाट बच्ने अहिलेसम्मको एक मात्र सुरक्षित उपाय मानिस मानिस वीचमा निम्नतम तीन फिट दूरी कायम गर्ने र अनावश्यक भेटघाट/भीड़भाड़ नगर्ने भन्ने भएकाले तपाईंहरूको निर्वाचित प्रतिनिधिले त्यो अनुशासन र जिम्मेवारी पालन गर्नुपर्दछ भनेर नै हो!
यसलाई यहाँरूले यही ढंगले बुझिदिनुहुनेछ भन्ने आग्रह गर्दछु र लकडाउन खुल्ने वित्तिकै यहाँहरू समक्ष उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु।
२.यही बैशाख २६ गतेबाट संसदको बजेट अधिवेशन भनिने बर्खे अधिवेशन शुरू हुँदैछ र जेठ १५ गते संविधान अनुसार देशको बार्षिक बजेट प्रस्तुत हुँदैछ। यस अधिवेशनमा मैले उठाउनुपर्ने जिल्ला र निर्वाचन क्षेत्रका बिषयवस्तु र बजेट निर्माणकानिम्ति सुझाव यही बैशाख मसान्तसम्म निम्न ठेगानामा पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु:
(क) email: brb.1954@gmail.com
Viber/WhatsApp: 9808213630
(ख) रोशन पोखरेल ( निजी सचिवालय )
फोन/Viber/WhatsApp: 9851102883