मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक

१२ माघ ०७६, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक गरेका छन् ।

६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त एप सार्वजनिक गरेका हुन् ।

विभागका माहनिर्देशक सुमन दाहालकाअनुसार व्यवसायीले नेपाल कष्टमस नामक सो एपबाट घरमै बसेर भन्सार पास गर्न सक्दछ ।

महानिर्देशक दाहालले अब भन्सार हरेक नेपालीको गोजीमा पुगेको भन्दै नेपाली भन्साार कुनै विकसित देशको भन्दा कम नभएको दाबी समेत गरे ।

विभागले प्रत्यक्ष राजश्व संकलन ड्यास बोर्ड पनि कार्यन्यनमा ल्याएको छ । ड्यास बोर्डबाट अब प्रत्यक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सक्नेछ ।