मजदुरका नयाँ पुस्ताले ‘पेरिसडाँडा’ बचाएर इतिहास रचे – कार्की

वर्गघात भनेको के हो ?
सामान्य भाषामा वर्गघात भन्नाले जसको पक्षधर भएर आन्दोलनको अगुवाई गरियो त्यसैको विरुद्धमा जाइलाग्नु वा गद्दारी गर्नु वा नष्ट गर्नुलाई भनिन्छ । उदाहरणका लागि ट्रेड युनियन आन्दोलनको अगुवाई गरिरहेका नेतृत्व पंक्ति वा व्यक्तिले सो आन्दोलनलाई ध्वस्त गर्नेतर्फ योजनाबद्धरुपमा लगिरहेको छ भने वर्गघात हुन्छ, त्यस्तै क्रान्तिकारी आन्दोेलनलाई विरोधी धारमा लगेर आत्मसमर्पण गरायो भने आरोप लगाउन जायज ठहर्छ र विद्रोहको झण्डा, डण्डा र अरु के के सकिन्छ उठाउन र उज्याउनु पनि सही ठहर्छ ।

जय कार्की – उपाध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ

तर अहिले यहाँ त महान वर्गीय एकताको प्रारम्भ भइरहेको छ । श्रमिकहरु एकजुट हुन लालायित भइरहेका छन् । र, माग गरिरहेका छन् एकता छिटो गर, प्रतिक्रियावादीहरुलाई हामीभित्र खेल्ने, चलाउने र षड्यन्त्र गर्ने थोप्पो पनि ठाउँ नदेउ । यद्यपि, वर्गीय आन्दोलनलाई सही दिशामा लैजान बृहत बहसको खाँचो छ ।

वर्गघात ग¥यो भनी बर्बराउने समय भने यो होइन् । बहस र छलफलको केन्द्रविन्दुमा आफैँ बस्ने, सहभागी हुने तार्किकरुपमा परास्त हुँदै जाने अनि वर्गघात ग¥यो भनी अरुको थाप्लामा दोषारोपण गर्न कसैलाई पनि नैतिक छुट छैन् ।

राम्रो भए मैले हो भन्ने गलत भए वर्गघातीहरुले हो भन्ने कुराले के दर्शाउँछ ? बर्तमान अवस्थामा उभिएर फ्ल्यासब्याकमा जाँदा वि.सं २००३ साल प्रारम्भिक चरणबाट २०७५ सालसम्म (७२ वर्ष)को श्रमिक आन्दोलनलाई हेर्ने हो भने नेपालको ट्रेड युनियन आन्दोलनले महान् फड्को मारेको छ । अनेकौं कालखण्डलाई पार गर्ने क्रममा यसले ठूलो बलिदानीपूर्ण आन्दोलन गरेको छ । सहिद, बेपत्ता र घाइतेजन यसको मूल सम्पति हुन् भने वैचारिक राजनीतिकरुपमा यसले गरेको विकास र संगठनात्मक क्षमता असामान्य खालको छ । रहरलाग्दो छ, गर्व गर्न लायक इतिहास छ ।

अझ अन्टुफ–जिफन्ट यी दुई विशाल संगठनहरुकोे एकतापछि अन्तर्राष्ट्रिय ट्रेड युनियनकर्मीहरुको मात्र नभई सिङ्गो उद्यमी समेतको ध्यान नेपालका यही महासंघप्रति केन्द्रित रहने र संसारको पावर हाउस बन्ने निश्चित छ । एकतालाई लक्षित गरेर बहसकै लागि चेतावनीस्वरुप वर्गघातीको मिसाइल दागेको हो भने पनि कुरा मिल्दैन, हात्ती छि¥यो पुच्छर अड्कियो भन्ने बेहुदा उखान टुक्का पक्कै लागू हुने अवस्थामा छैन् ।

अन्टुफ–जिफन्ट एकताको बहस खुल्लारुपमा भइरहेको छ, स्वस्थरुपमा भइरहेको छ, कुनै पनि पक्षले यो विषयमाथि छलफल गर्न अस्वीकार गरेको छैन् । कतै पनि कुरा र विषय लुकेको छैन् । कार्यदिशा वा आगामी योजनाका विषयमा व्यापकरुपमा समिति र उपसमितिहरु निर्माण गर्दै एकताको काम अघि बढिरहेकै छ ।

के कुरा सत्य हो भने राजनैतिक विचारधाराका विषयमा वा मार्गनिर्देशक सिद्धान्तको विषयमा छलफल भएको छैन् तर संगठन माउ पार्टीको राजनैतिक लाइनभन्दा बाहिर कुनै पनि हालतमा जान सक्दैन । त्यो विषय पार्टी बैठक, छलफल र अधिबेशनमा मात्र उठाउन सकिन्छ । टुप्पी कसेर छलफल र बहसमा भाग लिने आफ्ना तर्क र अडानलाई दर्ज गराउने, सहमतिमा पुग्ने तर बाहिर निस्केर ‘वर्गघात भयो/ग¥योे’ भन्ने ‘त्यसलाई म मजदुरका माझमा गएर खुइल्याउँछु’ भन्नु नाजायज र कुतर्क मात्र हुन् ।

हाम्रो छिमेकी देश भारतको श्रमिक आन्दोलन हाम्रो भन्दा निकै पुरानो हो, तर नेपाली ट्रेड युनियन आन्दोलनको बराबरीमा आउन अझै कैंयौ बर्ष लाग्न सक्छ, त्यो गर्वकै कुरा हो । हामी बेग्ला बेग्लै संगठनको नेतृत्वमा थियौं । मागहरु साझा थिए । आन्दोलनको शैली पृथक थियो । आजका मितिसम्म आइपुग्दा हामी सबैको माग एकैप्रकारको हुन आइपुगेका छन् ।

फरक केही छ भने भन्नसक्नु प¥यो, के हो पृथक एजेण्डा ? हामीलाई वस्तुस्थितिले एकतामा पु¥याएको हो, समाजवाद तर्फको यात्रामा डो¥याएको हो । समाजवाद एउटा पार्टीले मात्र ल्याउन नसक्ने रहेछ भन्ने तथ्यले यहाँ ल्याइपु¥याएको हो । नेपाली मजदुर आन्दोलन कार्यान्वयनको चरणमा छ संघर्ष र ऐन नियमावली बनाउन माग गर्ने चरणबाट निकै अघि बढिसकेका छन् । त्यसको कार्यान्वयन कसरी गराउने भन्ने चरणका बारेमा कसरी र कहाँबाट सुरु गर्ने भन्नेतर्फ नै बहस केन्द्रित हुनुपर्छ ।

एकीकृत संगठनले ती विषयमाथि आँखा चिम्लियो भने वर्गघात ग¥यो भन्न मिल्ला, नत्र आफ्नो कर्तुत र लाज ढाक्नका लागि कुतर्क गरी नीच शब्दको प्रयोग गर्नु आवश्यक छैन् ।

नेपालको संविधान २०७२ ले समाजवादको आधार तयार गर्ने आर्थिक, राजनैतिक तथा सामाजिक प्रणालीको विकास गर्ने भनी किटानी गरेको अवस्थामा अन्य ट्रेड युनियनहरु कहाँ जान्छन ? कि, यो व्यवस्थालाई ढाल्ने हुति हुनु पर्यो र गैरसमाजवादी राज्य स्थापनाको लागि आन्दोलनमा उत्रिन सक्नु पर्यो । होइन भने, अब मूलधारमा नआई सुख्खै छैन् ।

बर्तमानको वस्तुस्थितिलाई बुझेनन् भने साईन बोर्ड झुण्ड्याउने रहरमात्रै हुन जान्छ । फरक एजेण्डा के हो त्यसताले प्रष्ट पार्न सक्नुपर्छ ।
यतिखेर नेपाल अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनको पावर हाउस नै हो । किनकि, सर्वत्र श्रमिकहरुको अधिकार कटौती भइरहेका छन्, खाईपाई आएको सुविधामा व्यापक कटौती भइरहेको छ, युनियनहरु झण्डै–झण्डै प्रतिबन्धित अवस्थामा छन् ।

आन्दोलनमाथि व्यापक दमन गरी जुलुसमा अन्धाधुन्द गोली हानेर हत्या गरिरहेको छ । बेपत्ता पारिरहेको छ । कार्य घण्टा बढाइरहेको छ । श्रम ऐनमा व्यापक संशोधन गरी मजदुरहरुको सम्पूर्ण अधिकारहरु कटौती गरिरहेको छ, पेन्सनको उमेर र पेन्सन सिस्टममा नै परिवर्तन गरिरहेको छ । तर त्यसतो अवस्थामा नेपाल सरकार नै श्रमिक मैत्री रहेको देखिन्छ । र, गणतन्त्र नेपाल सामाजिक सुरक्षा ऐन कार्यान्वयनको चरणमा आइपुगेको छ, औपचारिक तथा अनौपाचारिक दुबै क्षेत्रमा श्रम ऐन कार्यान्वयनको चरणमा आइसकेको छ ।
मजदुरलाई पेन्सन, बेरोजगार भत्ता र अनिवार्य रोजगारीको व्यवस्था गरिँदैछ । त्यस सम्बन्धित नियमावालीहरु केही आइसके, केही नियमावली एक महिनाको अन्तरालमा आउँदैछन् । राष्ट्रिय श्रम आयोग गठन हुने सम्भावना ह्वात्तै बढेर गएको छ । नीति निर्माणको तहमा श्रमिकहरुको प्रतिनिधित्वमा व्यापक वृद्धि हुँदै गएको छ । दर्जनौ त संसदमा पुगिसके केही मन्त्री नै भैसकेका छन् । नेपाल सरकारसम्म ट्रेड युनियनहरुको ठाडो पहुंँच पुगेको अवस्था छ ।

अतः यस्तो अवस्थामा वर्गघात भयो भन्न मिल्छ ? के वर्गघात भनेको एकैदिनमा वा एकैरातमा उम्रिने विष बृक्ष हो । यो भन्दा अघि किन कहिल्यै नदेखेको ? आज अचानक किन वर्गघातको रोइलो ? वर्गघात भयो भन्दै बर्बराउँदै गर्ने पनि, डाडु-पन्यौं आफैँ लिएर भोज गर्ने, स्वाद मानेर छानीछानी स्वादिष्ट भोजन जति आफैँ ह्वाम पार्ने र मजदुरका नजरमा क्रान्तिकारी देखिन क्रान्तिकारीको खोल ओेढेर नौटङ्की गर्दै बसिरहने ? २१औं शताब्दीका मजदुर त्यति बेबकुफ छैनन् । छलछामको कुरो नगरे हुन्छ । श्रमिकहरुले सबै थाहा पाइसकेका छन् मात्रै मुख फोरेर पो नभनेका न हुन् !

भन्न थालेपछि छरपस्टका साथ भन्छन् कतै बाँकी राख्तैनन् भन्ने कुराको पुष्टि यही तीन-चार दिनभित्र नै भइसकेको छ । यो पनि नभुलौं कि सन १८७२ मा पेरिस कम्युनको विद्रोहमा ७२ दिनपछि आम-नरसंहारसहित सेटब्याक खाएका तिनै मजदुरका नयाँ पुस्ताले ‘पेरिसडाँडा’ बचाएर नयाँ इतिहास रचेका पनि छन् । यो पनि २१औं शताब्दीको सानो तर नेपाली मजदुर आन्दोलनमा गुञ्जिरहने गौरवशाली अमिट इतिहास हो । लालसलाम !

लेखक, अन्टुफ–जिफन्ट एकता संयोजन समिति सदस्य पनि हुन् ।

तपाइको मत