२७ चैत्र ०७४, काठमाडौं । मेलाम्ची खानेपानी आयोजनाको सुरुङमा ‘ब्रेक थ्रु’ गर्ने काम सकिएको छ ।
मंगलबार सिन्धु ग्याल्थुम खण्डको ७.५ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ गर्ने काम सकिएको हो । खानेपानी मन्त्री विना मगरले पत्रकार सम्मेलन गरेर मेलम्चीको सुरुङमा ‘ब्रेक थ्रु’ भएको जानकारी दिइन् ।
यसअघि सन् २०१६ मा सुन्दरीजल–सिन्धुखण्डको ९.४ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो भने सन् २०१७ को डिसेम्बरमा ग्याल्थुम–अम्बथान खण्डको ८.२ किलोमिटर ‘ब्रेक थ्रु’ भएको थियो ।
यो तेस्रो ‘ब्रेक थ्रु’ले मेलम्ची सुन्दरीजलको २६ किलोमिटर सुरुङको सम्पूर्ण काम सकिएको छ । अब असोजको पहिलो साता नै १७ करोड लिटर पानी दैनिक राजधानीमा वितरण हुनेछ ।