२७ चैत्र ०७४, चितवन । भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि आक्रमण भएको छ ।
मंगलबार नारायणगढको शहिदचोकमा बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर गाडी चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले भण्डारीमाथि आक्रमण गरेको हो ।
भण्डारीलाई आक्रमणकारीले पछाडिबाट ढुंगाले हिर्काउँदा टाउकोमा चोट लागेको छ भने उनीमाथि मोविल समेत छर्किएको चितवन प्रहरीले जनाएको छ ।
घाइते भण्डारीको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । भण्डारीमाथि आक्रमण गर्नेको पहिचान नभएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।