अस्थायी शिक्षकको परीक्षा स्थगित

१७ चैत्र ०७४, काठमाडौं । शिक्षक सेवा अायोगले आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ ।

अायोगलेसूचना प्रकाशित जारी गरी अस्थायी शिक्षकको परीक्षा स्थागित भएको जनाएको हो ।

आयोगले आन्तरिक प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरिएको भएता पनि सबै रिक्त पदहरु पूर्ति हुने नसक्ने र यसबाट नियमित पठनपाठन प्रभावित हुनसक्ने देखिएकाले आन्तरिक र खुला विज्ञापनसँगसँगै गरी शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्दा उपयुक्त हुने बताउँदै हाललाई ०७४ चैत्र २३ को परीक्षा स्थगित गरिएको जनाएको छ । अब परीक्षा कहिले हुन्छ भन्ने खुलाइएको छैन ।

स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै तीन विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि बिहान प्रदर्शन र चक्काजाम गरेका थिए ।

तपाइको मत